दीपकलाई पराजित गर्दै कास्की १ (ख) मा बेदबहादुर निर्वाचित
पाेखरा | मंसिर ७, २०७९
कास्की: कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) मा कांग्रेका दीपक गुरुङ (माइला) लाई पराजित गर्दै नेकपा एमालेका बेद बहादुर गुरुङ निर्वाचित भएका छन् ।
उनले दीपकलाई ८ सय ६७ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दीपकले ११ हजार ७ सय ९४ मत पाएका छन् ।
भर्खरै मात्र १(क) को रुपा गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।
१ (क) मा नेकपा एमालेका खगराज अधिकारी र नेकपा माओवादीका दीपक कोइराला प्रतिस्पर्धामा छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

